८ सय मिटर अग्लो भीरका गाउँलेलाई स्थानान्तरण

चिनको आथुलारचन गाउँ, त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्‍याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो ।

सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा सरिसकेका छन् । यो सन् २०२० को अन्त्यसम्म गरिबी समाप्त पार्ने चीन सरकारको वृहत्‌ अभियानको अंश हो ।

उक्त गाउँका मानिसहरू आफ्ना बच्चा बोकेर र आवश्यक सरसामग्री लिएर डरलाग्दा सिँढी चढेर घर जानुपर्ने खबरहरू सन् २०१६ मा प्रकाशमा आएको थियो ।

त्यसपछि चिनियाँ सरकारले हस्तक्षेप गर्दै त्यहाँ भीर पार गर्नकालागि स्टीलको सिँढी बनाउने निर्णय गरेको थियो।

अहिले त्यहाँका बासिन्दालाई ७० किलोमिटर पर चाउचे नगरमा सारिएको छ ।

उनीहरूलाई त्यहाँ पहिले नै बनाएर राखिएका अग्ला ‘अपार्टमेन्ट ब्लक’ हरूमा राखिनेछ र परिवार सदस्यको सङ्ख्या अनुसार ५० देखि १०० वर्ग मिटर आकारका ब्लक उपलब्ध गराइनेछ ।

आथुलारचन गाउँमा बसेका त्यहाँका अल्पसङ्ख्यक समुदायका लागि यो ठूलो परिवर्तन हो । वीवीसीबाट