‘टिकटक’ एक चिनियाँ एप !

पछिल्लो समय निकै लोकप्रिय भइरहेको र सबैभन्दा दुर्तगतिमा बढ्ने सामाजिक संजाल हो ‘टिकटक’ । ईन्टरनेटको द्रुत विकासले गर्दा सामाजिक संजालमा ‘टिकटक’ प्रयोगकर्ताहरु पनि निकै धेरै संख्यामा बढेका छन् । संसारभर प्रत्येक महिना ५० करोड मानिस सक्रिय भएर टिकटक प्रयोग गर्ने गर्छन् । विभिन्न सामाजिक संजालमध्य टिकटक सबै भन्दा बढी डाउन्लोड र सर्वाधिक प्रयोग गरिएको सामाजिक संजाल हो ।

पृष्ठभुमि

टिकटक एक चिनियाँ एप हो । सेप्टेम्बर २०१६ मा बाइटडान्स नामक चिनियाँ कम्पनीद्वारा लन्च भएको हो । बाइटडान्स टिकटकको मातृ संस्था हो । झङ यिमिङ यसका सस्थापक हुन । बाइटडान्स कम्पनीले दुईवटा सेवासंगै जोडेको थियो । डुयिन चिनमा मात्र चल्छ भने ुटिकटकु अन्तराष्ट्रिय क्षेत्रमा । रोचक कुरा टिकटकले चिनका लागि छुट्टै एप राखेको थियो जसको नाम हो डुयिन । चिनमा डुयिन नामले परिचीत यो एप २०१७ मा म्युजिकल्ली खरिद गरि पहुचलाई फराकिलो बनाउन सफल भएको थियो । यो एप विश्वको १५० देशहरूमा प्रयोग हुँदै आइरहेको छ । तर कतिपय देशहरुमा यो एप प्रतिबन्ध समेत गरिएको छ । यसको प्रयोग गरेर अरु गीत र संगीतको धुनमा ओठ चलाएर अभिनय गरिन्छ ।

केही चर्चा

पछिल्लो समयमा यो एपलाइ धेरैले रुचाएका छ्न । धेरै जसो किशोरकिशोरी यो चिनियाँ एपमा झुमियको पाइन्छ । टिकटक एक मनोरञ्जन तथा अभिनयको साधन मात्र नभई यसका बेफाइदा तथा नकारात्मक पाटा पनि रहेका छ्न् । यसले विभिन्न समस्याहरु निम्त्याएको छ । जसका कारण कतिपय मानिसले ज्यान समेत गुमाएका छन् । गत वर्ष भारतमा टिकटक भिडियो बनाउनका लागि बन्दुक प्रोयोग गरिएको र उक्त बन्दुकको गोलि भुलवश लाग्दा एक किशोरले ज्यान समेत गुमाएका थिए । यस्तै भारतको तमिलनाडुकी एक महिलालाई उनको श्रीमानले टिकटक भिडियो बनाउन रोक लगाएपछि उक्त महिलाले आत्महत्या गरेको थिइन् । निकै चलेको सामाजिक संजाल टिकटकका कारण विभिन्न ठाँउमा अनेक दुर्घटना निम्तिएका छन् । भर्खरै भारतमा एक टिकटक स्टार विरुद्ध एसिड अट्याक प्रोत्साहन गरेको भन्दै त्यस टिकटक भिडियो सार्बजनिक भएको केही समयमै आलोचना सहित भाइरल भयो । त्यसकारण उक्त भिडियो निज व्याक्तीको अकाउन्टबाट हटाइयो । यसमा आपत्ति जनक सामाग्री पनि हालिने भएकाले केहिले टिकटकको आलोचना गर्ने गरेको पाइन्छ ।

गत वर्ष मात्र टिकटक केही समयका लागी भारतमा प्रतिबन्ध लगाइएको थियो । हाल युट्युबर र टिकटकका बिचमा विबाद चलिरहेको छ र निकै टीका टिप्पणी भइरहेको छ । जसका कारण प्लेस्टोरमा टिकटकको रेटिङमा ठुलो क्षति पुगेको छ ।

नेपालमा पनि यस बारे आलोचना नभएको चाहिँ हैन । अभिनय गर्न प्रोत्साहन गरेपनि विभिन्न खालका अश्रील सामाग्रीहरु अप्लोड हुने गरेको र त्यस बारेमा उजुरी गर्ने निकाय नभएका कारण सुरक्षा तथा गोपनियताका दृष्टिकोणले असुरक्षित हुने गरेको पाइन्छ । बालबालिका बारे अवैध रूपमा सूचना सङ्कल्न गरेको आभियोगमा अमेरिकमा टिकटकलाई जरिवाना समेत तिराइएको थियो । गुगल प्लेस्टोरमा टिकटक एप १३ वर्ष माथीकाले मात्र चलाउन पाउछन् । यद्यपि यो नियम पालना भएको देखिदैन । त्यसकारण साना बच्चाबच्चि तथा किशोर-किशोरीहरुमा खतरा रहेको छ ।

टिकटक एपमा अमेरिका सहित विभिन्न मुलुकले कडा निगरानी गर्दै आएका छन् । मलेसिया, बङलादेश, पाकिस्तानले यस अधि नै प्रतिबन्ध लगाइसकेका छ । टिकटक किशोरकिशोरीहरुले धेरै मात्रमा प्रयोग गर्ने गरेको र अश्रील सामाग्री अपलोड तथा शेयर गर्न थालेपछि प्रतिबन्ध लगाइएको थियो । यस चिनियाँ एप बारे विश्वमा विभिन्न विवाद उत्पन्न भएका छन् । आजभोलि विभिन्न एपहरुले आर्टिफिसियल इन्टिल्जेन्समा माद्दत गर्ने गर्छन् । त्यस कारण यस्ता एपहरु प्रयोग गर्दा निकै होसियार हुन जरुरी छ ।

 

सरोज राज शाही
कोहलपुर, बाँके
(कानुनको विद्यार्थी)