शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले बेलुका ८:१५ बजे जारी गरेको सूचनामा थप ९ जना नयाँ संक्रमित भेटिएको उल्लेख गरीएको छ । शुक्रबार बाराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।

त्यसैगरी मकवानपुरका ५४ वर्षिय पुरुष, भक्तपुरका ४२ वर्षिय महिला र सप्तरीका ३५ वर्षिय पुरुष रहेका छन । यससँगै नेपालमा कोरोना संक्रमितको सँख्या ५१६ पुगेको छ ।

बाँकेमा कोरोना कहर : ४ पालिकाका ११५ संक्रमित

राप्तीसोनारीका १ र नरैनापुरका १३ जनामा कोरोना संक्रमण पुष्टि