ढकेरीका संक्रमित तिन दिनपहिले नेपाल आएका थिए

भातबाट तिन दिनपहिला भारतबाट आएका थिए, शुक्रबार कोरोना संक्रमण पुष्टि भएका राप्तीसोनारीका युवा गणेश माविको क्वारेन्टाईनमा बस्दै आएको खुलेको छ । तिन दिन पहिले भारतबाट नेपाल फर्किएका उनीसँगै अन्य ५ जनालाई राप्तीसोनारी वडा नं. ९ ढकेरीको गणेश मावि क्वारेन्टाईनमा राखिएको थियो । बिहिबार एक्कासी बिरामी भएका युवालाई एम्बुलेन्स मार्फत भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । भेरीमै स्वाब संकलन गरी परिक्षण गर्ने क्रममा उनमा कोरोना संक्रमण देखिएको राप्तीसोनारी गाँउपालिका वडा नं. ९ का वडा सचिव रोशन वलीले जानकारी दिए ।

शुक्रबार नै नरैनापुरका १३ जनालाई पनि कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितहरुलाई उपचारलागि आईसोलेसनमा राख्ने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।