५ नम्बर प्रदेशका २ सांसदसहित ११ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरुको आज आरडिटी परीक्षण गरिएको छ ।

संसद बैठक हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदहरुको कोरोना परीक्षण गरिएको हो । त्यस्तै कर्मचारी, सुरक्षाकर्मी र संसदमा रिपोटिङ गर्ने पत्रकारहको पनि आरडिटी परीक्षण गरिएको छ ।

बिहीबार ३ सय ९८ जनामा गरिएको परीक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिएको  प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए ।

जसमा २ जना सभासद, २ जना चालक र अन्य कर्मचारी रहेका छन् ।  ४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।  भोलिदेखि प्रदेशसभाको बैठक बस्दैछ । आज रिपोर्ट पोजेटिभ आएकाहरु भने होम क्वारेटाईनमा बस्नेछन्  । रातोपाटीबाट