जेठ १० गते प्रदेश ५ को नीति तथा कार्यक्रम

प्रदेश नं. ५ सरकारले यही जेठ १० गते आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले उक्त मितिमा नीति तथा कार्यक्रम ल्याउनकालागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रदेश सभामा प्रस्तुत गर्ने योजना बनाएको हो ।

मन्त्रिपरिषद्कै बैठकले प्रदेशभरका तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० वेडको कोरोना संक्रमण उपचारका लागि आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको छ । यसैगरी गणतन्त्र दिवसका अवसरमा अन्य औपचारिक कार्यक्रम भन्दा सबैलाई दीपावलीका लागि अनुरोध गरेको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनु पर्ने बीमा वापतको रु। १० लाख रुपैंया उनका परिवारलाई प्रदान गर्ने निर्णय गरेको छ ।