बाँकेका ४९ क्वारेन्टाईनमा १४ सय ५६ को बास

कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेमा क्वारेन्टाईनको सँख्या थपिएको छ । सुरुवाती दिनमा स्थानिय ८ पालिकामा ८ वटा क्वारेन्टाईन निर्माण गरीएको भएपनि पछिल्लो समय क्वारेन्टाईनको सँख्या थपिदै ४९ पुगेको छ । पश्चिम नेपालकै सबैभन्दा ठुलो सिनामाकाका रुपमा रहेको नेपालगन्ज र आसपासका पालिकाहरुमा भारतबाट आउने नेपालीको सँख्या बढ्दै गएपछि क्वारेन्टाईन थप गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिहिबारसम्म बाँकेका ४९ क्वारेन्टाईनमा १४ सय ५६ जनालाई राखिएको छ । यसरी क्वारेनटाईन बस्नेहरुमा ११० महिला र १३४६ पुरुष रहेको छन । उनिहरुमध्ये अधिकाशंलाई भारतबाट उद्धार गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यस बाँकेका १३५२ जना क्वारेन्टाईन बसाई पुरा गरी फिर्ता भईसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

जमुनाह नाकाबाट रातभरीमा २७ सय ३८ नेपाली नागरिक प्रवेश