काठमाडौमा बिहानै भुकम्प

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीवार बिहान ८ बजेर १४ मिटेनमा भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्रविन्दु रहेको ३ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उपत्यकामा काठमाडौं, भक्तपुर, ललितपरसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भक्तपुरको छिमेकी जिल्ला काभ्रेमा पनि धक्का महसुस गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।