मन्त्रालयले कोरोना परिक्षणको शुल्क तोकेको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणकालागि अहिले सम्म मूल्य निर्धारण नगरेको जनाएको छ ।

मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

यसलाई लिएर १५ हजारसम्म शुल्क तोकिएको भन्दै केही अनलाइनहरुमा समाचार आएको भन्दै मन्त्रालयले शुल्क नतोकेको स्पष्ट पारेको छ ।

के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषय निर्णय हुन बाँकी नै रहेको र यसबारे छिट्टै निर्णय हुने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराए ।