भारतले लग्यो आफ्ना १६५ नागरिक

लकडाउनका कारण नेपालमा रहेका भारतीय नागरिकलाई भारतले चार्टर उडान गरेर काठमाडौंबाट फिर्ता लगेको छ । नेपालमा लकडाउन भएयता भारतले हवाई मार्गबाट पहिलोपटक आफ्ना नागरिक फिर्ता लगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो एयर इन्डियाको विमानबाट काठमाडौंमा रहेका १६५ यात्रुलाई फिर्ता लगेको हो । चार्टर उडान भारतीय दूतावासले गराएको हो । दिल्लीबाट रित्तै आएको विमानले भारतीय नागरिकमात्रै लिएर फर्केको छ ।

लकडाउन यता बुधबारसम्म ७१ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । जसमा मेडिकल कार्गो र उद्धार उडान मात्रै हुन् ।