लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । उनले सबैले आज सार्वजनिक नक्सा प्रयोग गर्न आग्रह गरेकी छन् ।