धनकुटामा एक नर्सलाई कोरोना संक्रमण

फाइल फोटो

धनकुटाको धनकुटा जिल्ला अस्पतालमा कार्यरत नर्सलाई कोरोना संक्रमण भएको पाइएको छ । आइतबार बेलुकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेका नयाँ संक्रमित तीनजनामा एक जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्स रहेकी खुलेको छ ।

स्वास्थ्य कार्यालय धनकुटाका एक अधिकृतले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती नर्सको पिसिआर परीक्षण गरिएको र उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । अहिले ती नर्सको उपचारको व्यवस्थापन गर्न थालिएको जिल्ला अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज साँझ ७ः५० मा जारी गरेको वक्तव्य अनुसार बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन् । उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । नागरिकखबरबाट