यसरी हुँदैछ वाटरपार्कको सौन्दर्यीकरण (फोटो फिचर)

नेपालगन्ज उपमहानगरपालिकाले लकडाउनको आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिकको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु गरेपछी अहिले त्यहाँ धमाधम काम भैरहेको छ ।

नेपालगन्ज उप-महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समिति मार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा अहिले पानीभित्रको झारपात-घाँसपात ओखल्ने र सफा गर्ने काम तीव्र गतिमा भइरहेको वाटरपार्क सौन्दर्यीकरण उपभोक्ता समितिका सचिब राजेन्द्र कँडेलले जानकारी दिए ।

सचिब कँडेलका अनुसार सोलार बत्ती जडान, ट्वाइलेट बाथरूम सहितको २ कोठे भवन निर्माण लगायतका अन्य कामहरु संचालन भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ का बासिन्दामार्फत वाटरपार्कलाई सरसफाइ गर्ने र निर्माण सम्बन्धि कामहरु भइरहेको १ नम्बर वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

गत बिहिवार वाटरपार्कको स्थलगत अनूगमन गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जको धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको बताएका थिए ।