आफै एम्बुलेन्स चलाउँछन वडाध्यक्ष लामा

एम्बुलेन्स चालक नभएपछि रामेछापको गोकुलगंगा गाउँपालिका-१ चुचुरेका वडा अध्यक्ष मणी कुमार लामा आफै एम्बुलेन्स चलाएर सेवा दिइरहेका छन् ।

चालक नभएपछि वडाका बिरामीलाई आफै एम्बुलेन्स चलाउँदै वडाध्यक्ष लामाले काठमाडौं लगेका हुन् ।

एम्बुलेन्सका चालक केही दिनदेखि बिरामी परेपछि वडाध्यक्ष लामा आफैले एम्बुलेन्स चलाउँदै बिरामीलाई सहयोग गर्दै आएका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरे सदरमुकामबाट लगभग ५ घण्टामा पनि सदरमुकामबाट एम्बुलेन्स आउने स्थिति छैन । बिरामीमा पनि आर्थिक भार बढ्ने देखिएपछि उनी आफुले बिरामी लिएर काठमाडौंसम्म हिड्ने गरेका छन् ।

शुक्रबार एक मुटुरोगका बिरामीलाई थप समस्या देखिएपछि उनी आफै एम्बुलेन्स लिएर काठमाडौंतर्फ लागे । कोरोना भाइरस संक्रमण जोखिमका कारण सरकारले जारी गरेको बन्दाबन्दीबाट औषधि ल्याउन नपाएपपछि ती विरामी थप समस्यामा परेका थिए ।

बिरामी गम्भीर बन्दै गएपछि वडाध्यक्ष लामा आफैले बा. १९ च २८३ नम्बरको एम्बुलेन्स चलाएर काठमाडौं पुर्याएका हुन् । नागरिकखरबाट