बाँकेमा तुफान सहितको वर्षा (फोटो फिचर)

अचानक आएको हावाहुरीले बाँकेको नेपालगन्ज तथा कोहलपुर क्षेत्र अन्धकार जस्तै बनेको छ । बेलुका पाँच बजेसम्म सामान्य रहेको मौसम पाँच बजेपछी एकाएक परिवर्तन भएको हो ।

आँधी र हावाहुरीको बितण्डासँगै बाँके लगायत पश्चिम तराइका जिल्लामा अध्यारो छाएको हो । बाँकेको कोहलपुरमा तुफान सहितको वर्षा भईरहेको छ भने नेपालगन्जमा पनि पानी पर्न सुरु गरेको छ ।