उदयपुरको रौतामाईमा क्वारेन्टाइन भित्रै एकको मृत्यु

उदयपुरको रौतामाई गाँउपालिका ७ गुराँसेमा रहेको क्वारेन्टाइनमा एकको मृत्यु भएको छ ।

एकहप्तादेखि श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास रहेको क्वारेन्टनाइनमा बसेका १८ वर्षीय सुमन विक क्वान्टाइनमा भित्रै झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बीरबहादुर बुढामगरले झुण्डिएको अवस्थामा शुक्रबार विहानी मृत  फेला परेका छन । ‘आत्माहत्या हो की अन्य के हो ? भन्ने बारेमा अनुसन्धान गरिरहेका छौँ, उनले भने ।

उनले क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने मृत विकका श्रीमान श्रमतीबीच नियमित झगडा हुँदै बुझिएको पनि बताए । क्याम्पसको क्वारेन्टाइनमा कोरोना भाइरसको आशंका गाउँपालिकाले ८ जनालाई राखेको छ ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको बताए । नागरिक खबरबाट ।