‘प्रशासन कडाई गर्दै, स्थानिय अटेरी गर्दै’ (फोटोफिचर)

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन लागु गरेको छ । बिभिन्न चरणमा लागु गरीएको लकडाउनका कारण जनजिवन अस्तब्यस्त बनेको छ । लकडाउनको ३८ औं दिन पुगेसँगै बिहिबार बाँके प्रशासनले बन्दाबन्दीलाई थप कडाई गर्न सुचना जारी गरेको छ ।

यद्यपी जिल्लाका विभिन्न स्थानमा भने हरेक दिनजसो लकडाउन उलङ्घनका घटनाले ब्यापकता पाएका छन । जिल्ला सदरमुकाम नेपालगन्जमै सबैभन्दा बढि लकडाउन उलङ्नका घटनाहरु घट्ने गरेका छन । नेपालगन्ज र खजुराका साथै अन्य ग्रामिण क्षेत्रमा समेत लकडाउनको प्रभाव विस्तारै न्युन हुदै गईरहेको छ । पछिल्लो समय प्रहरी प्रशासन र स्थानियबिच लुकाछिपिको खेल चलिरहेको छ । विभिन्न बाहानामा लकडाउन उलङ्घन गर्नेहरुले प्रहरीको उपस्थितीलाई समेत वेवास्ता गर्न थालेका छन ।

जिल्लामा लकडाउन लागु गराउन प्रहरी प्रशासन असक्षम भएको भन्दै आलोचना समेत हुन थालेपछि बिहिबारबाट प्रहरीले सक्रियता बढाएको थियो । बिहिबार कोहलपुर-नेपालगन्ज सडकखण्डका अलावा अन्य भित्रि गल्लीहरुमा प्रहरी परिचालन गरीएका थिए । नेपालगन्ज-कोहलपुर सडकखण्डमा लकडाउन उलङ्घन गरी संचालन गरीएका सवारी साधनमाथी प्रहरीले निगरानी बढाउनुका साथै केही सवारी साधन नियन्त्रणमा समेत लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिहिबार नेपालगन्ज-कोहलपुर सडकखण्डमा देखिएका केही दृष्यहरु :