इटहरीमा अत्यावश्यक वस्तुका लागि दैनिक तीन घन्टा बजार खुल्ने

स्थानीय प्रशासन, जिल्ला सुरक्षा समितिसँगको अनुरोधमा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले आज बिहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक खाद्यन्न, तरकारी र फलफुलका पसल खुल्ला गरेपछि नगरवासीले राहत महशुस गरेका छन् ।

यसअघि, बैशाख १० र ११ गते नगर खोले पनि अत्याधिक भिडभाड र सामाजिक दुरी कायम नभएपछि तर्सिएका प्रशासनले बैशाख १२ गते शुक्रबारबाट औषधी बाहेकका सबै पसलहरु बन्द गर्न पुनः सूचना जारी गरेको
थियो । आज भने अत्यन्तै कडाई र उच्च सर्तकका साथ पसलहरु खोलिएका थिए ।

कोभिड १९, कोरोना भाईरसको संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सरकारले गरेको लक डाउनमा नगरवासीको सहजताका लागि स्थानीय सरकार र प्रशासनले निश्चित समय तोकेर अत्यावश्यक खाद्यन्न सामाग्रीका लागि पसल खोल्ने दिएको अनुमति प्रति उद्योग वाणीज्य संघ, तरहरा शाखाका कार्यवहाक अध्यक्ष सुर्दशन खड्काले सकारात्मक प्रतिक्रिया दिदै यो संकटको समयमा कालोबजारी नगर्न तथा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सर्तकता अनिवार्य अपनाउन आग्रह गरेका छन् ।

मंगलबार साँझ मोबाईल सम्पर्कमा खड्काले खाद्यन्न बिक्री गर्ने पसल व्यवसायीहरुले आफ्ना पसलमा उपलब्ध सामाग्री र त्यसको रेट (दर) स्पष्ट देखिने गरि राख्न अनुरोध गरेका छन् । उनले अहिले व्यवसायीक मुनाफाका लागि भन्दा पनि बढी सेवाभावले व्यवसाय गर्न उचित हुने धारणा व्यक्त गरे ।

कालोबजारी गरे वा व्यवसायीहरुले यो संकटको बेला कुनै किसिमको अनुचित फाईदा लिने काम गरे हामी कारबाही गछौं ।, बुधबार बिहानदेखि प्रहरीसँगै अनुगमनमा देखिएका खड्काले भने, ग्राहक वर्गले पनि स्वविवेकले आफ्नो स्वास्थ्य सुरक्षामा ख्याल गर्न र सामाजिक दुरी कायम गरेर आफुलाई अत्यवाश्यक सामाग्री किन्न मात्र पसलमा जान आग्रह गर्दछु ।

अनावश्यक भिडभाडले संक्रमणको जोखिम बढाउने भएकोले त्यसतर्फ सचेत रहन उद्योग वाणीज्य संघ, तरहरा शाखाको तर्फबाट खड्काले अनुरोध गरेका छन् ।

इटहरीका मुख्य पसलहरुमा यसअघिका भन्दा उच्च सर्तकता अपनाएको देखिन्थ्यो । प्रहरी पनि बिहानदेखि नै परिचालित छन् । १० बजेपछि सबै खाद्यन्न, तरकारी तथा फलफूल पसलहरु बन्द गरिएका थिए ।

इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठले संक्रमण जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाएर, भिडभाड हुनु नदिएर, सामाजिक दुरी कायम गर्दै किनबेच गर्नका लागि अनुमति प्रदान गरेसँगै जनताले राहत महशुष गरेको र यसलाई थप प्रभावकारी बनाउदै अब विकास निमार्णको कार्यमा पनि नगरले उचित निर्णय लिने बताए ।

उपमहानगरपालिकाको बैठकमा वडाध्यक्षहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा थियो । उक्त बैठकले आजदेखी दैनिक बिहान ७ देखि १० बजेसम्म, जम्मा तीन घण्टा पसलहरु खुल्ला गर्ने निर्णय गरेको थियो ।

एक परिवारबाट एक सदस्य खरिदका लागि जान पाउने, सवारी साधनको प्रयोग गर्न नपाउने र तोकिएको समयमा खरिद विक्री गर्दा अनिवार्य मास्क लगाएर सामाजिक दुरी कायम गर्नु पर्ने नियम छ । जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले निरन्तर अनुगमन गर्ने जनाईएको छ ।