भैरहवा पठाईएका २३ मध्ये ८ को रिपोर्ट ‘नेगेटिभ’

बाँकेबाट ‘थ्रोट स्वाव’ परिक्षणकालागि भौरहवा पाठाईएको २३ जनामध्ये ८ को रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २३ गते ‘कोभिड-१९’ ल्याब जाँचकालागि बाँकेका २३ जनाको ‘थ्रोट स्वाव’ बुटवल पठाईएको थियो । जसमध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अन्य १५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जबाट १७, शिक्षण अस्पताल कोहलपुरबाट ५ र आर्मी अस्पताल राँझाबाट १ जनाको स्याम्पल संकलन गरीएको थियो । यसअघि काठमाण्डौंमा गरिएको परिक्षणबाट बाँकेका ३१ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आईसकेको छ । बाँकेमा हालसम्म ५४ ब्यक्तिको ‘थ्रोट स्वाव’ संकलन गरिएकोमा ३९ जनाको रिपोर्ट नेगेटिभ देखिएको श्रेष्ठले जानकारी दिए ।