कक्षा ११ र १२ को परीक्षा स्थगित

बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परिक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को निर्णय नहुँदासम्मका लागी परीक्षा स्थगित गरेको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार २०७७ सालको बैशाख ८ गतेदेखी कक्षा १२ र बैशाख २१ देखी कक्षा ११ को परीक्षा हुने तय थियो । कोरोना भाईरस संक्रमणको जोखिम बढेपछिको असहज परिस्थितीका कारण हाललाई परिक्षा स्थगित गरिएको बताईएको छ ।

बोर्डले यसअघि नै परीक्षा केन्द्र पनि तोकिसकेको थियो ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।