लायन्स क्लवद्वारा भेरी अस्पताललाई पिपिई प्रदान

लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ B २ नेपालद्वारा कोरोना भाइरस चेकजाँचमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) मंगलबार भेरी अस्पताललाई प्रदान गरेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापा लाई १० थान पिपिई प्रदान गरिएको लायन एमजेएफ कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

लायन लीडरहरु पिडिजी लायन सेम शाक्य, पिडिजी लायन मधु सुधन शर्मा, एडवाइजर लायन ज्ञानेन्द्र श्रेष्ठ, एडवाइजर लायन मुकुट ढकाल, लायन नरेन्द्र श्रेष्ठ, लायन सरोवर प्रसाई, लायन बिष्णु श्रेष्ठ लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री पिपिई प्रदान गरिएको श्रेष्ठले बताए ।