नेपालगन्जबाट थप दुईको स्याम्पल काठमाडौ पठाइयो

कोरोना भाइरसको आशंकामा नेपालगन्जबाट मंगलबार थप दुई जनाको ‘थ्रोट स्वाब’ परिक्षण गर्नका लागि स्याम्पल काठमाडौ पठाइएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत दुई बिरामीलाई ज्वरो आएपछी उनिहरुको ‘थ्रोट स्वाब’ परिक्षणका लागि स्याम्पल कलेक्सन गरि नेपाल एयरलाइन्सको जहाजबाट एअरलिफ्टिङ्ग गरि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनिहरुको स्याम्पलको ल्याव परिक्षण रिपोर्ट भोलि बेलुका सम्ममा नेपालगन्ज आइपुग्ने उनले बताए ।

बाँकेमा हाल भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज गरि तीन ठाउँबाट स्याम्पल कलेक्सन गरिदै आएको छ ।

स्याम्पल कलेक्सन गर्नका लागि बाँकेमा १५ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । आवश्यक परेमा नरैनापुर गाउँपालिकाको लक्ष्मणपुर स्वास्थ्य चौकी र बैजनाथ गाउँपालिकाको बनकटुवा स्वास्थ्य चौकीबाट समेत स्याम्पल कलेक्सन सुबिधा प्रदान गरिने फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।