गरिव तथा बिपन्नलाई च्याउ बितरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ का गरिव तथा बिपन्न वर्गका परिवारलाई चैते दशैको अवसरमा च्याउ बितरण गरिएको छ ।

गाभर मसरुम एग्रो फार्म बैजनाथ १, बाँकेले ३० किलोग्राम च्याउ मंगलबार बिहान गरिव तथा बिपन्न परिवारलाई बितरण गर्नका लागि खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकबीर सुनारलाई हस्तान्तरण गरेको हो ।

च्याउ बितरण गर्न समन्वयकारी भुमीका खेलेका नेकपाका नेता रत्न खत्रीले चैते दशैको मुखमा सबैले मासु खाने तर, मासु किनेर खान नसक्ने गरिव तथा बिपन्न परिवारका लागि मासुको तृष्णा मेटाउनका लागि च्याउ बितरण गरिएको बताए ।

वडा नम्बर ४ का अध्यक्ष तिलकबीर सुनारले एग्रो फार्मलाई धन्यवाद दिदै आफ्नो वडाका अत्यन्तै गरिव तथा बिपन्न परिवारलाई उक्त च्याउ बितरण गरिएको जानकारी दिए ।