बाँकेका विभिन्न ५ अस्पतालमा ६४ आइसोलेसन बेड

बाँके जिल्लाका विभिन्न ५ अस्पतालहरुमा कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार गर्नका लागि ६४ वटा बेड स्थापना गरिएको छ ।

भेरी अस्पतालमा ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६, लायन्स डेन्टल अस्पतालमा ४० र खजुरा क्यान्सर अस्पताल खजुरामा ६ गरि जिल्लामा जम्मा ६४ बेड सहितको आइसोलेसन वार्ड तैयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

हालसम्म बाँकेका विभिन्न शंकास्पद २३ जनाको ‘थ्रोट स्वाब’ को नमुना परिक्षण गरिएकोमा २३ वटै नमुनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।