‘पिपिई’ नहुँदा जोखिममा ‘स्वास्थ्यकर्मी’

‘प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट’ अर्थात ‘पिपिई’ । कोरोना भाईरस लगायतका जोखिमयुक्त संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीहरुले लगाउने विशेष पोशाक । विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोपका बिच नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्वास्थ्यकर्मीहरु भने पिपिईको अभावका कारण दिनहुँ जोखिम मोल्न बाध्य छन ।

अस्पतालले कोरोना संक्रमितहरुलाई लक्षित गर्दै अस्पताल परिसरमा फिबर क्याम्प संचालन गर्दै आएको छ । उक्त क्याम्पमा दिनहुँ १५ देखि २० जना स्वास्थ्य परिक्षणकालागि आउने गरेका छन । यसरी आउने सेवाग्राहीलाई आफ्नो ज्यान जोखिममा राखेरै भएपनि स्वास्थ्य सेवा प्रभाव गर्दै आएको अस्पतालको आपतकालीन कक्षमा कार्यरत डा. देबेन्द्र आचायले बताए ।

अस्पताललाई १० वटा पिपिई आवश्यक देखिएपनि कोहलपुर नगरपालिकाले अहिलेसम्म ५ वटा मात्र पिपिई उपलब्ध गराएको अस्पतालका सहायक निर्देशक डा. दिनेश चन्दले जानकारी दिए । चन्दका अनुसार पर्याप्त मात्रामा पिपिई नहुँदा अस्पतालमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा संक्रमण फैलने खतरा बढ्दै गएको छ ।

अस्पतालले कोरोना भाईरस संक्रमणको लक्षण देखिएका ब्यक्तिहरुलाई राख्न छुट्टै आईशोलेशन वार्डको समेत ब्यवस्था मिलाएको छ । अस्पतालभित्रको एउटा वाड पुरै आईशोलेशनमा परिणत गरेको र आईशोलेशनमा भेन्टिलेटर सहितका ४ वटा बेडको ब्यवस्थापन गरीएको अस्पतालका सहायक निर्देशक डा. दिनेश चन्दले जानकारी दिए ।

यसका अलावा अस्पतालमा नियमित फलोअप र ओ.पि.डि. सेवाका लागी आउने बिरामीहरुकालागि विशेषज्ञ चिकित्सक सहितको टिम तैनाथ गरीएको चन्दले बताए । सेवाग्राहीले घरमै बसेर तल उल्लेखित चिकित्सकहरुबाट फोनबाटै परामर्श लिन सक्ने ब्यवस्था समेत मिलाएको चन्दले बताए ।