कोहलपुरमा बन्यो ३२ शैयाको क्वारेन्टाइन

कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नकालागि कोहलपुरमा सुविधासम्पन्न क्वारेन्टाईन तयार गरीएको छ । कोहलपुर नगरपालिकाले कोहलपुर-८ पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा ३२ वेडको क्वारेन्टाइन तयार पारेको हो ।

जिल्लाका हरेक पालिकामा क्वारेन्टाईन निर्माण गरीएसँगै कोहलपुरमा समेत ३२ शैयाको क्वारेन्टाईन तयार गरीएको हो ।

क्वारेन्टाइनको लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गर्नुका साथै आवश्यक सामग्रीको व्यवस्था गरिएको नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिए । क्वारेन्टाइनमा तीनजना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र एक जना नगर प्रहरी समेत तयारी अवस्थामा राखिएको नगर प्रमुख रावतले बताए ।