लकडाउनको चौंथो दिन नेपालगन्ज (फोटोफिचर)

लकडाउनको चौंथो दिन नेपालगन्ज पूर्ण रुपमा बन्द भएको छ । लकडाउन अवेज्ञा गर्ने बिरुद्ध प्रहरी आक्रामक भएपछि शुक्रबार नेपालगन्जको माहोल सुनसान भएको हो । बिहिबार बेलुका प्रहरीले नेपालगन्जका बिभिन्न स्थानमा लकडाउन अवेज्ञा गर्नेहरुलाई बल प्रयोग गरेर हटाएको थियो । सो क्रममा दजनौं मोटरसाईकल समेत कब्जामा लिएको प्रहरीले करफ्यु लगाउन बाध्य हुने चेतावनी दिएसँगै नेपालगन्ज पूर्ण रुपमा सुनसान बनेको हो । तस्बिरमा हेर्नुहोस नेपालगन्जको लकडाउन :