दिल्लीबाट आएकी महिलालाई क्वारेन्टाईन पठाईयो

बाँकेको नेपालगन्ज क्वारेन्टाईनमा भर्ना हुनेको सँख्या ९ पुगेको छ । महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्‍टाइनमा शुक्रबार थप एक जनालाई भर्ना गरीएको हो । यसअघि कोरोना भाईरस प्रभावित देशबाट नेपाल आएका आठ जनालाई परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको थियो ।

यहि चैत्र ११ गते भारतको नयाँदिल्लीबाट नेपाल आएकी बैजनाथ गाँउपालिका ८ की एक महिलालाई शुक्रबार क्वारेन्टाईनमा पाठाईएको हो । स्वास्थ्यमा समस्या देखीएपछि भेरी अस्पताल पुगेकी २५ वर्षिय महिलालाई अस्पतालले कयारेन्टाईनमा पठाएको हो । उनको अवस्था सामान्य रहेपनि निगरानीमा राख्नुपर्ने भएकाले क्वारेन्टाईन पठाईएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि कतार, मलेसीया लगाएतका खाडी मुलुकहरुबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखी उनिहरुको नमुना परिक्षणकालागि काठमाण्डौं पठाईएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका १, बैजनाथ गाँउपालिकाका २, जानकी गाँउपालिकाका ३, खजुराका २ र बर्दिया बढैयाताल गाँउपालिकाका १ जनालाई स्वास्थ्य परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको हो ।

क्वारेन्टाईनमा सुरक्षार्थ नेपाल आर्मीका क्याप्टेन विकास लिम्बुको नेतृत्वमा तिन तहको सुरक्षा ब्यवस्था मिलाईएको छ । नेपाल आर्मी, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली २४ सै घण्टा क्वारेन्टाईनको सुरक्षार्थ खटिएका छन । यद्यपी क्वारेन्टाईनको ब्यवस्थापन पक्ष भने कमजोर देखिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरुले न्युनतम सुविधा समेत उपभोग गर्न नपाएको गुनासो गर्र्दै आएका छन । क्वारेन्टाईन क्षेत्रमा सरसफाई समेत गुणस्तरीय नभएको र यसले थप स्वास्थय समस्या सृजना गर्न सक्ने बताईएको छ । दैनिक खानपिन, शौचालय र सरसफाई जस्तो महत्वपूर्ण पक्षमा समेत चरम लापरवाही गरीएको क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरुले गुनासो गर्न थालेका छन । यसतर्फ सरोकारवाला निकयको ध्यान जान जरुरी छ ।