जानकीमा सुविधा सम्पन्न क्वारेन्टाइन बनाईदैं

बाँकेको जानकी गाउँपालिकाले सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्ने भएको छ । शुक्रबार विहान गाउँपालिकाको आकस्मिक कार्यपालिका बैठक बसी क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज नगर र भारतिय सिमासँग जोडिएको यस गाउँपालिकामा २५ वेडको क्वारेन्टाइन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । गाउँपालिकाको वडा नं. ३ मानपुरमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा सो क्वारेन्टाइन निर्माण गर्न लागिएको हो ।

गाउँपालिकाको कार्यपालिका बैठक अध्यक्ष रामनिवास आदवले क्वारेन्टाइन निर्माणका लागि उपयुक्त र सबै नागरिकलाई सहज र पायक पर्ने स्थान, यातायातको सुविधा भएको ठाउँको रुपमा रहेकोले मानपुरमा क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका थिए क्वारेन्टाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाको चाँजोपाँजो मिलाउने र जिल्लामा रहेको समितिसँग समन्वय गरी क्वारेन्टाइन निर्माण गरिने खत्रीले जानकारी दिए ।