जेलजस्तो क्वारेन्टाइन !

विश्वभर नोवेल कोरोना भाईरसको सन्त्रास फैलिएको छ । कोरोना भाईरसको उद्गम स्थल चाईनासँग सिमा जोडिएको नेपालमा समेत यस भाईसरको प्रभाव देखिन थालेको छ । भारतमा कोरोनाको प्रभाव बढेसँगै नेपाल सरकारले हरेक जिल्लामा कोरोना लक्षित क्वारेन्टाईन निर्माण गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएको छ । जस अनुसार बाँकेको नेपालगन्जमा निर्माण गरीएको क्वारेन्टाईनको अवस्था भने दयनिय छ ।

विश्वब्यापी रुपमा आतङ्क मच्चाएको भाईस बिरुद्धको लडाईकालागि निर्माण गरीएका क्वारेन्टाईन जेल भन्दा कम छैनन् । नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा निर्माण गरीएको क्वारेन्टाईनको अवस्था नाजुक छ । जहाँ बिभिन्न ठाउँका आठ जनालाई क्वारेन्टाइन गरिएको छ ।

कोरोना संक्रमणको जोखिममा राहेका मानिसहरुलाई सुरक्षित रुपमा निगरानी गर्ने स्थानलाई क्वारेन्टाईन भनिन्छ । यस्तो स्थान सफा, वातावरणमैत्री र सम्पूर्ण सुविधायुक्त हुनुपर्छ । तर बाँकेको हकमा त्यो लागु भएको देखिदैन ।

नेपालगन्ज क्वारेन्टाईनमा राखिएका आठ जना प्लाईउडको भरमा रात बटाउन बाध्य छन । नेपालगन्ज उपमहानगरपालिकाले बिहान र बेलुकाको खानाको ब्यवस्था मिलाएपनि अन्य सुविधाबाट भने उनिहरु बञ्चित छन । शौचालयको अवस्था झनै दयनिय छ ।

सिमेन्टको फर्स माथि एउटा प्लाईउड र म्याटको भरमा दिन रात विताउनु परिरहेको क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । क्वारेन्टाईनको अवस्था हेर्दा कोरोनाको भन्दा बढि अन्य स्वास्थय समस्याले समताउन थालेको उनिहरुले गुनासो गरेका छन ।