‘गण्डक क्षेत्रमा ठूलाे आवाजका साथ उल्का खस्याे’

स्याङ्जा, पाल्पा, कास्की लगायतका स्थानहरूमा आकाशमा उज्यालो प्रकाश देखिए लगत्तै ठूलो आवाजका साथ उल्कापात भएको बताइएको छ ।

यद्दपि यसको आधिकारिक पुष्टि भने कसैले गरेका छैनन् । उल्का आकाशमै ठूला आवाजका साथ नष्ट भएकाे स्याङ्जाका एक स्थानीयवासीले बताएको नागरिक खबरले उल्लेख गरेको छ ।

आकाशमा उज्यालो प्रकाश देखिएको र त्यसको केही बेरमा ठूलो विष्फोट जस्तो सुनिएको थियाे । त्यसैगरी केहीले सामाजिक सञ्जालमा यो उल्का तारा खसेको दृश्य भन्दै आतंकित बन्नुपर्ने केही नभएको बताएका छन् ।

कसैको दाबी भने बाग्लुङकाले बाग्लुङमै सकियो जस्तो मानेको पर्वतकाले पर्वतको कुनै ठाँउमा खसेझै मानेको त्यस्तै रुपन्देही, स्याङजा र दाङसम्मले उस्तै ठानेको रहेको छ । नागरिक खबरबाट ।