क्वारेन्‍टाइनमा तिन तहको सुरक्षा ब्यवस्था

बाँकेको नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको क्वारेन्‍टाइनमा ८ जना भर्ना भएका छन । कोरोना भाईरस प्रभावित देशबाट नेपाल आएका आठ जनालाई परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको हो ।

कतार, मलेसीया लगाएतका खाडी मुलुकहरुबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाईनमा राखी उनिहरुको नमुना परिक्षणकालागि काठमाण्डौं पठाईएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका १, बैजनाथ गाँउपालिकाका १, जानकी गाँउपालिकाका ३, खजुराका २ र बर्दिया बढैयाताल गाँउपालिकाका १ जनालाई स्वास्थ्य परिक्षणकालागि क्वारेन्‍टाइनमा राखिएको हो ।

उनिहरुलाई राखिएको क्वारेन्टाईनमा तिन तहको सुरक्षा ब्यवस्था मिलाईएको छ । क्वारेन्टाईनको सुरक्षार्थ नेपाल आर्मी, शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोली खटिएको नेपाल आर्मीका क्याप्टेन विकास लिम्बुले जानकारी दिए । लिम्बुको नेतृत्वमा तिनै तहका सुरक्षाकर्मीहरु क्वारेन्टाईनमा रहेका ब्यक्तिको सुरक्षामा खटीएका छन ।

नेपालगन्ज उपमहानगरपालिकाले क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुकालागि बिहान बेलुकाको खाना तथा नास्ताको प्रवन्ध गर्दै आएको छ । त्यसैगरी मनोरञ्जनकालागि नेटको समेत ब्यवस्था गर्न लागिएको उपमहानगरपालिका स्रोतले जनाएको छ ।