मजदुर कोषमा धितालको २५ हजार

अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा सहकारी बैंकका संचालक सदस्य बिजया धितालले बिपन्न बर्ग (मजदुर) कोषमा २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छिन ।

५ नं. प्रदेश सांसद कृष्णा केसी (नमुना) को अगुवाइमा शुरु भएको सो कोषमा धितालले उक्त रकम प्रदान गर्ने घोषणा गरेकी हुन ।

करोना भाइरस (कोभिड– १९) को संक्रमणलाई कम गर्न भनी गरिएको लकडाउनले दैनिक मजदुरी गरेर खाने बर्गहरु समस्यामा पर्ने भएपछि सो खडा गरिएको कोषमा उक्त रकम थपेर कोष बढाउने काम गरिएको धितालले जानकारी गराईन । वर्तमान संकटको घडी पार गर्नका लागि सबै जना आ-आफ्नो ठाउँबाट एकजुट भएर सामना गर्नुपर्ने उनले बताइन ।