१ सय ५० बढी मोटरसाइकल कोहलपुर प्रहरीको फन्दामा

इलाका प्रहरी कार्यालय कोहलपुरले लकडाउन उल्लंघन गर्ने करिब १ सय ५० भन्दा बढी मोटर साइकल, बिधुतिय अटो नियन्त्रणमा लिएको छ । लकडाउनको दोस्रो दिन प्रहरीले कोहलपुर क्षेत्रबाट १ सय ५० बढी सवारी नियन्त्रणमा लिएको हो ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको भएतापनी अनावश्यक रुपमा सवारी चलाउनेहरुको सवारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी कुलदिप चन्दले बताए ।

अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको चन्दले बताए ।