म एक बेश्या….

म बेश्या हु भने,
हरेक रात
मेरो सामु नाङ्गिने तिमिलाई
के नाम दिउ ?
के नामले पुकारु ?
म जस्तै,
तिमी पनी अपबित्र छौ भन्ने,
कसरि प्रमाणीत गरु ?

मेरो थोत्रो बस्तिमा,
ती गल्ली, गल्लीका भट्टिमा,
अनी अलिशान महल जस्ता देखीने ती
राक्षस रुपिले खोलेको ती कोठिमा,
फाल्छौ पैसाको बिटो,
किन्छौ दिनकै नयाँ नयाँ शरिर,
तर के भनेर झुट बोल्छौ हरेक रात घरवालीसङ्ग ?
एउटिलाई अपनाएर, हजारौसङ्ग
कसरि सक्छौ सम्बन्ध राख्न ?

गिद्धले सिनो लुछेझै लुछ्ने लबस्तराहरु,
आउछन, मेरो जिउदो शरिर मरेतुल्य बनाएर जान्छन,
तर पनी प्रतिकार नगरि सुनिरहेछु
अप्नाई रहेछु म आफ्नो नाम,
जो हरेक रात, मसङ्गै नाङ्गिने पण्डित भनौदाले
न्वारन गरेर राख्दिने गर्छन ‘बेश्या’
तर भन्दैनन्, हामी जस्ताले नै बनाएका हौ ।।

जती सुकै मै हु भन्ने र,
भद्र भलादमी देखीन खोज्नेहरु,
रात परेपछि उसैकोमा पुग्छन,
जस्को हरेक दिन,
समाजका अघी, चरित्रको धजिया उड्छ ।।

किन कोही पुरोहित जन्मियनन् होला ?
तिम्रो न्वारन गर्ने रु नामाकरण गर्ने ?
कि त्यही पुरोहित पनी
म जस्तै ‘बेश्या’ कहाँ धाउने भएर पो
तिम्रो नाम राखिएन कि ?
कि त राखिएर नी प्रचलीत पो भएन ?

तिमिले भनेउ अनी मैले नकारीन पनी,
हो म बेश्या हो,
बाध्यताले भन्छौ भने बाध्यता
नभए आफ्नै इक्षा अनी रहरैले भएकी बेश्या हु म,
तर तिमी ?

– रुपा क्षेत्री