मजदुर सहायता कोषमा नमुनाको ५० हजार

प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको नेतृत्वमा ‘कोभिड-१९ सहायता कोष’ स्थापना गरीएको छ । दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सहयोग गर्ने उद्धेश्यले “Covid-19 Relief Fund, Banke” खडा गरीएको हो । कोषमा ५० हजार जम्मा गर्दै साँसद नमुनाले कोषको सुभारम्भ गरेको सामाजिक संजालमा र्फत जानकारी दिएकी छन ।

दिनभर मजदुरी गरेर साँझ, बिहानको छाक टार्नेहरुकालागि लकडाउनले प्रत्यक्ष प्रभाव पारेको भन्दै कोष स्थापना गरीएको साँसद नमुनाले बताएकी छन ।

नमुनाले लकडाउनको अवस्थामा कुनै पनि परिवार भोकै पर्न नपरोस् भनेर कोष बनाएको बताउँदै सहयोगका लागि अपील समेत गरेकी छन् ।

कोषको घोषणा भएलगत्तै डा. राजन पाण्डेले समेत ५० हजार दिने घोषणा गरेका छन् ।