अफवाह फैलाउने ७ अनलाइन बन्द गर्न काउन्सिलको निर्देशन, १७ मिडियालाई स्पष्टीकरण

कोरोना भाइरस (कोभिड-१९) बारे गलत समाचार दिएर अफवाह फैलाएको भन्दै प्रेस काउन्सिलले ७ वटा अनलाइन बन्द गर्न निर्देशन दिएको छ। साथै गलत सूचना दिने १७ मिडियालाई उक्त भ्रामक सामग्री हटाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कोभिड-१९ बारे अफवाह र भ्रम फैलाउने ७ अनलाइन बन्द गर्ने निर्देशन दिएको बताए । ‘त्यस्तै गलत सूचना दिने १७ मिडियालाई उक्त भ्रामक सामग्री हटाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ,’ उनले भने। श्रेष्ठले मिडियाको नाम भने खुलाउन चाहेनन्।

स्रोतका अनुसार काउन्सिलले कास्कीखबर, नेपाली अनलाइनन्युज, मिडिया माईनेपाल, रिपोर्टर्स नेपाल, न्युज २४, राजधानी दैनिक लगायतलाई गलत समाचार दिएको भन्दै स्पष्टीकरण सोधेको छ ।

न्युज २४ लाई लाइसेन्स खारेज किन नगर्ने भनी समेत स्पष्टीकरण सोधिएको स्रोतले जानकारी दिएको छ । नेपालन्युज डट कमबाट