बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण

बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बेलायती राजपरिवारका तर्फबाट प्रवक्ताले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था मध्यमखालको छ । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ४२४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण जस्तै लक्षण देखिएपछि उनले आफ्नो स्वाब परीक्षण गरेका थिए । उनी केहीदिनदेखि स्कटल्याण्डमा काम गरिरहेका थिए ।

उनकी पत्नी क्यामेलियालाई पनि टेस्ट गरिएको तर उनीमा कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

उनीहरु दुवैजना अहिले स्कटल्यान्डमा सेल्फ आइसोलेसनमा छन् । कहाँबाट भाइरस संक्रमण भयो भन्नेबारे स्पष्ट हुन नसकेको पनि बिबिसीले लेखेको छ ।