कतारबाट बाँके आएका नेपाली सम्पर्कमा आए

चैत्र ४ गते फ्रान्सबाट नेपाल आएका बाँकेका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो । सोही बिमानमा नेपाल आएका बाँकेका ३ जनाको पहिचान खुलेको हो । जसमध्ये दुई जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले दुई जना सम्पर्कमा आईसकेको र अन्य एकको पनि पहिचान खुलीसकेको बताए । दुई जनालाई महेन्द्र बहुमुखी क्याम्पस भित्र रहेको क्वारेन्टाईनमा राखिएको सिंहले बताए । साविकको प्रीपहवा गाविस वडा नं. ९, बनकटवा वडा नं. ६ र साईगाउ २ का तिनजना प्रहरीको सम्पर्कमा आएका हुन । जसमध्ये एक जनालाई लिन प्रहरी परिचालन गरीएको उनले बताए ।

केन्द्रबाट आएको नागरिकता नम्बर भिडाउदा तिन जना बाँकेकै रहेको पुष्टि भएपनि एक जनाको ठेगाना खुल्न सकेको छैन । यद्यपी उनी बर्दियाको हुनसक्ने प्रहरीको दावी छ ।