वाणिज्य संघद्वारा डिउटीमा खटिने प्रहरीलाई ग्लोब्स र सेनिटाइजर प्रदान

नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा निरन्तर डिउटीमा खटिने प्रहरीको व्यक्तिगत सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर सहयोग गरेको छ ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहलाई बुधवार ५ सय थान ग्लोव्स र ५० पिस सेनिटाइजर हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमण बिरुद्धको लकडाउन, स्वास्थ्य परीक्षण जस्ता महत्वपूर्ण काममा खटिएका प्रहरीका लागि यि सामाग्री अति नै जरुरी थियो ।

यस अघि संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।