कोरोना प्रतिको आत्मविश्वासको मनोविज्ञान

मानिसको आफ्नो शक्ति यति प्रबल हुदैन जति प्रबल आत्मविश्वासको शक्ति हुन्छ । एक साधारण शरिरबाट निर्बल वा अपाङ्ग व्यक्ति पनि आत्मविश्वासको शक्तिले धेरै उचाइसम्म पुग्न सक्छ । सबै युगमा मानव अनेक प्रकारको चिन्ताले ग्रस्त रहेका छन् । कुनै व्यक्तिलाई शारिरिक चिन्ता छ भने कसैलाई मानसिक चिन्ता । यतिबेला विश्वभरि नै कोरानाको महामारिले हरेकमा मानसिक चिन्ताले घेरिरहेको छ । कोरानाको कारण हजारौंले देह त्याग गरिरहेको यस विषम परिस्थितिमा सरकारले लकडाउन गरेर घरभित्रै बसिरहदा पनि सबैको मनमा आफु पनि यो भाइरसको शिकार हुने हो कि भन्ने मानसिक त्रासमा आत्मबल कमजोर बनाउदै बस्नु पर्ने अवस्था छ । सामान्य रोग लागेका बिरामिहरु पनि रोगप्रतिरोधात्मक शक्ति गुमाउदै, लागेको रोग पनि निको नभै कोरानाको संक्रमणमा परिन्छ कि भन्ने डर पालेर बस्नुपरेको छ ।

यस भयवित वातावरणमा सामाजिक सञ्जालमा भाइरल हुने फेक समाचारले पनि गाउँ घरमा त्रास पैदा गरिरहेको छ । डर र त्रासकै कारण कोहि Heart Attack को शिकार भई मृत्यु शैयामा नपुग्लान भन्न सकिन्न । यो महामारीले एकातिर भुकम्पमा जस्तै नाकाबन्दी जस्तै भोकमरि निम्त्याउछ कि भन्ने डर त अर्को तिर दुई छाक टार्नका लागि हरेक दिन ज्यालादारि गर्ने मजदुरहरुका दैनिकि रोकिएको कारण भोलि बिहानको छाक कसरी टार्ने भनेर निदाउन नसक्नेहरुको दिन पनि अँध्यारो नै रहेको अवस्था । ऋण लागेनि दिन नलागोस् । स्वास्थ्यकर्मीहरुमा सेवाको भाव हुदाहुदै पनि व्यवस्थित सुरक्षाको अभावका कारण महामारिको मैदानमा उत्रिन हिच्किचाउन परेको छ । तसर्थ विश्वमा कोराना भाइरस महामारिको कारण मानसिक चिन्ता खडा गरि हरेकको आत्मविश्वास गिराईरहेको छ ।

आशंका, डर, निराशा आदि मनको यस्तो दशा हो, जुन उसको लागि विष भन्दा पनि बढि घातकसिद्द हुन्छ । मनोविज्ञान स्पष्ट भन्दछ कि कुनै बिरामिको आशंकाले शरिरको भागमा तनाब पैदा गरिदिन्छ र त्यस अगं बिरामि बन्छ । त्ससै प्रकारले ऊ चिन्तित बन्दै गएको खण्डमा उसको रोग झनै बढ्दै जान्छ र औषधिले समेत काम गर्दैन । वास्तवमा रोगको आशंकाले रोगलाई नै निम्त्याउछ ।

यस्तो अवस्थामा हामी आतिनु हुदैन । यो महामारिको सतर्कता साथ सामना गर्नुपर्छ, जो हाम्रो सामुन्ने उभिएको छ, जो स्थायि छैन, अस्थायी छ । मानिसको आत्मविश्वासको शक्तिले असम्भवलाई सम्भव बनाउछ । यस महामारिको अवस्थामा राज्य र WHO ले दिएको मापदण्ड लाई पालना गरौँ । घरमै बसौं, परिवारमा माया साटौ, भिडभाड नगरौं, परिवारसँगै हाँसौ खेलौ ताकि हाम्रो दिमागमा अनेकन चिन्ताले फुटबल नखेलोस् । आफु प्रतिको आत्मविश्वास जितौ आधा भाइरसको महामारिलाई यसैले जितिन्छ ।