कृषि बैंकको तालिम केन्द्रमा ‘क्वारेन्टाईन’

कोहलपुर नगरपालिकाले कृषि बिकास बैक तालिम केन्द्र पिपरीलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको छ । बुधवार कोहलपुरमा कोरोना भाईरस नियन्त्रणका लागि गठन भएको कार्यदलको बैठकले कोहलपुर नगरपालिका वडा नं ८ मा रहेको बैंकलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको हो ।

बुधबार नै क्वारेन्टाईनकालागि आवस्यक सबै तयारी पुरा गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र भारतीले जानकारी दिए । क्वारेन्टाईनलागि आवश्यक खाद्यान्न ब्यवस्थापनको जिम्मा कोहलपुर उद्योग बाणिज्य संघलाई दिईएको छ ।

यस्तै स्वास्थकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा औजार तथा अन्य बन्दोवस्तीका समान खरिद गर्नका लागि नगर स्वाथ्य शाखालाई जिम्मेवारी दिईएको छ । जस अन्र्तगत १ सय ६० थान व्यक्तिगत सुरक्षा सामाग्री खरिद गरि कोहलपुर भित्रका स्वास्थ्य ईकाईहरुलाई बितरण गरिने भएको छ ।

यस्तै माक्स र सेनेटाईजर लागतयका अन्य समाग्रि आवश्यक मात्रामा खरिद गर्ने निर्णय भएको छ । अति आवश्यकीय समाग्रिहरुको सहज बिक्रि बितरणका लागि कोहलपुर उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिने निर्णय भएको छ । खाद्य सामाग्री १ दिन ग्याप राखेर बिक्रि बितरण गर्ने निर्णय भएको छ । बुधवार पुर्ण रुपमा बन्द रहने छ भने बिहिवार देखि १ दिनको अन्तरमा खाद्य पसलहरु खोलिने छन ।
यस्तै बैठकले कोरोना नियन्त्रणका प्रभावकारी उपाय होम क्वारेन्टाईन भएकोले यसको पुर्ण पालनाका लागि सर्वसाधारणलाई अपिल गरेको छ ।

बैठकले भारत वा अन्य देश वाट आएका र आफ्नो घरमा रहेका मानिसमा कोरोनाको लक्षण देखिए नदेखिएको बारे केहि दिन निगरानि राख्ने निर्णय गरेको छ । सो को जिम्मेवारी वडा स्तरका जन प्रतिनिधीहरुलाई दिईएको छ । कार्यदलको बैठकमा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्द, उद्योग वाणिज्य संघ, रेडक्रस, शसस्त्र प्रहरी बल लगाएत संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।