आज जमुनाह नाकामा आएकाहरुलाई घर पठाइयो

भारतको विभिन्न ठाउँबाट आज नेपालगन्जको जमुनाह नाकामा आइपुगेका ८७ जना व्यक्तिहरुको स्वास्थ्य चेकजाँच गरी-आफ्नो घरतर्फ पठाइएको छ ।

जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालका अनुसार, बाँकेका ३५, बर्दियाका ७, जुम्लाका ११, सुर्खेतका ६, दैलेखका ४, दांगका १३, कैलाली, प्यूठान, सप्तरी, काठमान्डौ, कालिकोटका एकएकजना गरी ८७ जनालाई घर पठाइएको हो ।

उनीहरुलाई जमूनाह नाकाबाट बसमा मार्फत घर तर्फ पठाइएको हो । नाकाबाट भित्रिएका सबै व्यक्तिहरुको नाम, ठेगाना सहितको लगत लिइएको छ ।

ती सबै व्यक्तिहरुको बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराइएको र उनिहरु सबैलाई चौध दिनसम्म सुरक्षित होम क्वारेन्टाइनमा राखी रेखदेख गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।