आज राति १२ बजेबाट पुरै भारतभर लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले गरेको लकडाउन नागरिकहरुले बेवास्ता गर्न थालेपछि आज राति १२ बजेबाट भारतभर लकडाउन हुने भएको छ ।

देशवासीको नाममा आज साँझ सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् । उनले घरको ढोकाको लक्ष्मण रेखा ननाघ्न जनतामा अपील गरे ।

प्रम मोदीले भने, ‘२१ दिनको लकडाउन नमान्दा २१ बर्ष देश पछाडि पर्न सक्छ,। त्यसैले एउटै उपाय घरभित्रै रहनुहोस् ।’

उनले विकसित भनिने देशहरु पनि यस महामारीका सामु विवश रहेको उदाहरण दिँदै सामाजिक दुरी कायम गर्नु बिरामीहरुका लागिमा मात्र नभइ सबैका लागि भएको बताए ।