जनता कर्फ्यु : दिनभर सुनसान, साँझ भिडभाड (तस्बिरगाथा)

जनता कर्फ्यु जारी भएको बाँके मंगलबार दिनभर सुनसान भयो । जिल्लाका अधिकाशं क्षेत्रमा स्थानियको आवागमन बन्द गरीएको थियो । तर बेलुका ६ बजेतगत्तै माहोल फेरियो । दिनभर सुनसान बनेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा स्थानियको चहलपहल बढेको छ ।

नेपालगन्जको त्रिभुवन चोक, बिपि चोक, सब्जी मन्डी लगायतका क्षेत्र तथा कोहलपुरको न्यूरोड, एनटिभि रोड र ग्रामिण क्षेत्रहरुमा स्थानियहरु उपस्थिती बाक्लो छ । दिनभर घरभित्रै रहेका उनिहरु दैनिक उपभोगय सामग्री खरीदकालागि बाहिरीएका हुन । सडकमा यातायातका साधन संचालनमा आएका छन भने स्थानियहरु निर्वाध रुपमा आवातजावत गरीरहेका छन ।

खाद्यान्न सामग्री खरीद गर्ने र पेट्रोल हाल्नेको उपस्थितीका कारण ती क्षेत्र अस्तब्यस्त देखिएका छन । सरकारले चैत्र १८ गतेसम्म नेपालभर लकडाउन घोषणा गरेको भएपनि मंगलबार बेलुका देखिएको दृष्यले सरकारी घोषणाको उलङ्घन भएको छ ।