‘जनता कर्फ्यु’ को असर, सुनसान कोहलपुर

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको जनता कर्फ्यु आदेशका कारण कोहलपुरका सडकहरु मानवविहिन भएका छन । प्रशासनका अलावा केन्द्रिय सरकारले समेत आज बिहानबाट देशभर लकडाउन घोषणा गरेको थियो । कोरोना भाईरसको संक्रमण फैलन नदिने भन्दै देशभर लकडाउन गरिएको हो ।

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका कुनैपनि ब्यक्ति तथा सवारी साधन संचालनमा आउन पाउने छैनन् । प्रहरीले बिहानै देखी नगरभित्रका हरेक चोकमा पहरा दिईरहेका छन । फाट्फुट् रुपमा चलेका साना गाडी र मोटरसाईकललाई बिच बाटोबाटै फर्काईएको छ । छिटपुट रुपमा पैदलयात्रीहरु हिडेपनि कोहलपुरका सडकहरु मानवरहित देखिएका छन ।