किटनाशक औषधि छर्कदैं पुर्वमन्त्री राइ

पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले कोरोना संक्रमणको जोखिम न्युनिकरणकालागि अभियान संचालन गरेका छन । बाँके क्षेत्र नं. २ का सांसद समेत रहेका राइले आफ्नै पहलमा औषधि छिट्ने अभियान सुरु गरेका हुन । पुर्व मन्त्री राईले मंगलबार नेपालगन्जको जमुनाह नाका क्षेत्रमा किटनाशक औषधि छर्किएका छन ।

राष्ट्रिय संकटको घडिमा हरेक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै राइले आफ्नो ब्यक्तिगत लगानीमा ८ ट्याङ्कर औषधि छर्किने अभियान सुरु गरेको जानकारी दिए ।

नेपालगञ्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान अन्तर्गत पुर्व मन्त्री राइ आफै औषधि छिट्ने काममा जुटेका हुन ।

विश्वव्यापी आतंक मच्चाइरहेको कोरोना कोभिड १९ नियन्त्रण बाहिर छ । अहिलेसम्म १६ हजारबढीको ज्यान गइसकेको छ । पाँच लाखको हाराहारीमा संक्रमित छन् । नेपालमा पनि कोरोनाको संक्रमण भित्रिसकेको छ । सरकारले कोरानाविरुद्ध आजदेखि देशलाई लकडाउन गरेको छ । यस्तो अवस्थामा सरकारको निर्णयलाई हरेक नेपालीले साथ दिनु पर्ने राइले बताएका छन ।