‘कोरोना भाइरस दैवीय शक्तिको एउटा आत्मा हो’

मानवको जीवन चक्र

भनिन्छ जबसम्म मानिसको शरीरमा एकमुठ्ठी सास रहन्छ तबसम्म उसले/उनले अनेकौं आशाहरु, सपनाहरु र जिम्मेवारीहरुका साथ आफ्ना कर्महरु निरन्तर अघि बढाई रहेका हुन्छन् । किनकि मानिसको हातमा जन्म अनि मृत्यूको ग्यारन्टी छैन । जसले गर्दा मानिसले आफ्नो कयौं सपनाहरु र चाहनाहरु पुरा गर्नकोलागि आफ्नो शरीरमा एकमुठ्ठी सास रहदासम्म आशाका किरणहरुलाई निभ्न नदिई निरन्तर आफ्नो गन्तब्यमा लागिपरेका हुन्छन् । हुन त एक दिन जन्मेपछि मृत्यू निश्चित छ तर पनि मानिस एउटा यस्तो चेतनशील प्राणी हो जसले आफ्ना सपनाहरु मात्र होइन भगवानको चाहनाहरु पुरा गर्न पनि यो सुन्दर धर्तिमा कर्म गर्नुपर्छ ।

कोरोना भाइरसका कारण भौतिक विज्ञानमा चूनौति

केही महिना यता कोरोना भाइरसले मानिसको ज्यान लिर्दै गएपछि यति बेला विश्वभरका मानिसहरु डर त्रासमा बांचिरहेका छन् । हुन त विश्वमा ठूला ठूला रोगहरु नआएको होइन त्यस्ता रोगहरुलाई निर्मूल पार्न भौतिक विज्ञानले जति सक्दो प्रयास गरिहेको छ । जसका कारण विगतका दिनहरुमा उत्पन्न भएका भाइरसहरु विरुद्ध उपचार गरेर मानिसहरुलाई रोगबाट बचाउने प्रयास पनि भएका छन् । तर यति बेला कोरोना भाइरस चाइनाबाट सुरु हुँदै आज विश्वभर फैलिरहेको छ र मानिसहरुलाई आक्रमण गरिरहेको छ । तर यो भाइरसलाई ठेगान लगाउने औषधी आजसम्म पत्ता लगाउन नसकेको हुनाले यति बेला विश्वभरका मानिसहरु माथि ठूलो चूनौति खडा भएको छ । अझ विशेष गरी भौतिक विज्ञानमाथि सिधैं कोरोना भाइरसले च्यालेन्ज गरेको छ ।

कोरोना भाइरसको बारेमा मानव चिन्तन

आज विश्वभरका मानिसहरु सोच्न बाध्य छन् बास्तवमा कोरोना भाइरस के हो त ? के यो सांच्दै दैविय शक्तिबाट उत्पन्न भएको हो ? या कुनै व्यक्तिको नियत खराब भएर यस्तो भाइरस उत्पन्न गरेको हो ? आजका मानिसहरुको मनमा यस्ता धेरै प्रश्नहरु खेलिरहेका छन् तर कहिकतैबाट आजसम्म यसको सहीउत्तर आउन सकेको छैन । यो भाइरसले विश्वभर आफ्नो स्थान जमाउदैं र मान्छेको ज्यान लिन थालेपछि विश्वभरका मानिसहरु आक्रान्त भएका छन् । कोराना भाइरसलाई विश्वदेखि नै निर्मूल गर्ने केही उपाय नलागेपछि मानिसहरु यति बेला भगवान भरोसामा बांच्न बाध्य भएका छन् । हुन त भौतिक विज्ञानले कोरोना भाइरसलाई निर्मूल पार्नकोलागि औषधी पत्ता लगाउन पनि रातदिन लागिपरिरहेका छन् । तर अहिलेसम्म पत्ता लगाउन सकिएको अवस्था छैन ।

जीवन रक्षाका लागि भगवान भरोसा

यति बेला प्रत्येक मानिसहरुले चाहेर नचाहेर पनि कोरोना भाइरसबाट डराउनु पर्ने अवस्था आएको छ । किनकि हरेक मानिसलाई आफ्नो जीउज्यानको धेरै माया हुन्छ । पृथ्वीमा रहेका जति पनि जीव प्राणीहरु छन् सबैलाई आफ्नो ज्यानको माया लाग्छ चाहे घरको आंगन नजिक चिरविर चिरविर गरेर कराई रहने चराहरु किन नहुन् या त जतिसुकै मै हुँ भन्ने सम्पन्न र शक्तिशाली छु भन्ने मानव जाति नै किन नहोस् । किनकि आज कोरोना भाइरसका कारण कति बेला ज्यान जाने हो भन्ने त्रास फैलिएको छ । यो अवस्थामा मानिसहरुले केवल आफ्नो ज्यानको सुरक्षाकोलागि भगवानलाई प्रार्थना गरिरहेका छन् । अझ नेपालको सन्र्दभमा भन्नु पर्दा जस्तो सुकै अवस्था र विपत्ति आईपर्दा पनि नेपाली मनहरुले भगवानलाई सम्झने मात्र होइन पुजाआजा र प्रार्थना गर्ने गर्दछन् । त्यसैले पनि होला दैवीय शक्तिका कारण नेपालीहरु ठूला ठूला आपतकालिन घटनाबाट पनि सेभल्यान्डीङ गरेको अनुभवहरु हामीले सुन्नमा आउंछ र महसुस पनि गरेका छौं । अहिले पनि विश्वभर यो भाइरस फैलीरहदा भगवानको क्रिपाले हामी सकुशल नै छौं भन्ने आफ्ना अन्तरमनका अभिव्यक्तिहरु नेपाली मनहरुले दिइरहेका छन् । हुन त मन्दिर नै मन्दिर भएको देश, देवदेवीहरुले बास गरेको देश र बुद्ध जन्मीएको देश नेपालमा भगवानले नै बचाउदै आउनु भएको छ । आज विश्वका आम मानवजातीले आफूहरुले जे जस्तो रुपमा भगवानलाई मान्ने गर्दछन् उनीहरु पनि आफ्ना भगवानलाई यो घडिमा प्रार्थना गरेका छन् । यो घटनाले गर्दा मानिसहरुले थाहा पाउदै छन् कि कहिकतै अदृश्य शक्ति छ र यो बहा्रमण्डलाई संचालन गरिरहेको छ ।

कोरोना भाइरसका कारण नेपाल मात्र होइन विश्वभरका मानिस चिन्तीत

यति बेला कोरोना भाइरसले गर्दा आम नेपाली मात्र होइन विश्व भरका आत्मारुपी मानवहरु डर त्रासमा बांच्न बाध्य छन् । सारा विश्व त्रसित मात्र होइन कोरोना भाइरसका कारण ठूलो चिन्ता परेका छन् ।

२०७२ सालको भुकम्पले पनि नेपाली जनताहरु ठूलो मारमा परे कतिको ज्यान गरयो भने कति शारीरिक र मानसिक रुपमा असक्त भएर बांच्नु परेको अवस्था छ । त्यसको लगत्तै नाकाबन्दीको मारमा परेर नेपाली जनताले धेरै दुःख पाउनु परयो । यति बेला कोरोना भाइरसले सताउदै गर्दा विश्वका ठूला धनि राष्ट्रहरुले आफ्ना जनताहरुलाई बचाउन विभिन्न खालका पूर्वाधारहरु निर्माण गरि सकेका छन् । यता नेपालले पनि जे जति सकेका कामहरु गरेका छन् तर पनि कोरोनाको डर विश्वभरका मानिसहरुको हृदयमा छ ।

कोरोना भाइरस उत्पन्न हुनुको कारण

एक पटक हामी मानवहरुले भित्री आत्मालाई सांची राखेर सोच्ने गरौं त ? आज यो अवस्था सिर्जना हुनुको मुख्य कारण के हो ? कोराना भाइरस उत्पन्न हुनुमा कसलाई दोष लगाउने ? के यसको दोषी चाइनाका नागरीक हो ? कतिले त चाइनालाई दोष लगाएको पनि छ । तर यो घडीमा हामीले अरुलाई या त अर्को देशलाई दोष लगाउनुको साटो हामी मानवजातीले संमयता, धैर्यता र विवेकले काम गर्न जरुरी देखिन्छ । महान सन्त बुद्धले भनेका छन् हरेक घटना र परिघटनाका कारकतत्व हामी आफै हौं । हामी भन्नाले मानवजाती हुन् । अब भन्नु होस्कि यो कोरोना भाइरस उत्पन्न हुनुमा पनि कहिकतै हामी मानवहरुकै कारणले गर्दा हो । जसले गर्दा आज हामीले यसरी बांचेर पनि मरे सरी तड्पीनु परेको छ । हामी मानिसहरुको सोंचाई, हेराई र बोलाईका कारण आज यसरी एक पछि अर्को डरलाग्दो घटनाहरु भोगी रहेका छौं । किनकि हामी आफ्नो लागि मात्र सोच्ने गर्दछौं । आज विश्वका मानिसहरु आफ्नो लागि, आफ्नो परिवारकोलागि र आफ्नो देशकोलागि मात्र सोच्ने गर्दछौं । अरु मानिस मरोस् या बाचोस् मतलब गर्दैनौ या त अर्को देशको मानिसलाई हामीले हेप्ने गर्दछौं । हामी मानिसहरु यतिसम्म लोभ लालचमा फसेका छौं । जसले गर्दा अरुको ज्यान लिन पछि पर्दैनौ । आफ्नो स्वार्थ पुरा गर्न गरिब निमुखाले दुःखगरि कमाएको धन सम्पतिमाथि आंखा लगाउंछौं । देशको ढुकुटीमाथि गिद्धे नजर लगाएर भष्ट्रचार गरी आफ्नोलागि धन थुपार्ने गर्दछौं । आफ्नो देश अर्को देशबाट बचाउन ठूला ठूला हातहतियार र प्रमाणु बम बनाएर राखेका छौं । यस्ता गतिविधिबाट जो नै मरे पनि दुःख पाए पनि दुःख भोग्ने त मानवजाती नै हुन् भन्ने कुरा हामी विश्वका मानिसले आज विर्सिएका छौं जसले गर्दा आज यस्तो डरलाग्दो कोरोना भाइरसले मानिसको सातो मात्र होइन होसहवास उडाई सकेको छ । यी र यस्ता कुकर्मले गर्दा आज पृथ्वी दुर्गन्धीत भएको छ जसले गर्दा प्रकृतिले बाध्य भएर पृथ्वीलाई सफाई गर्नु पर्ने अवस्था सिर्जना भएको हो । जुन धर्तिमा हामी मानवजाती र जिवप्राणीहरु एक मुठी सास लिएर बांचि रहेका छौं र कर्म गरी रहेका छौं ।

भौतिकतालाई बढी महत्व दिदा आफू भित्रको आत्मामा फोहोरफैलो जम्मा हुनु

विज्ञानले जति नै भौतिकवादको ठूला ठूला नारा लगाएपनि आजसम्म आत्माको विज पत्ता लगाउन सकेको छैन । किनकि संसारको हरेक चिजवस्तुमा आत्मा छ भन्ने कुरा भौतिक विज्ञानले विश्वास गर्दैन । जसले गर्दा अबको मानिसहरुले आफू भित्रको आत्माको महत्व बुझ्न जरुरी छ । हाम्रो शरीरमा आत्मा छ र त भौतिक शरीरले काम गरेको छ यदि आत्माले नेतृत्व गर्दैन्थ्यो त शरीरले केही काम गर्न सक्दैन्थ्यो । एक पटक प्रत्येक मानिसले आफ्नो छातीमा हात राखेर महसुस गर्न जरुरी छ । ताकि हामीलाई के ले नेतृत्व गरिरहेको छ ? किनकि जुनदिन हाम्रो शरीरबाट आत्माले छोडेर जान्छ त्यो दिन हाम्रो शरीर मुढा भएर पल्टीनेछ यो हामी सबैले बुझेका छौं । किनकि आत्मा नै परआत्माको अंश हो भन्ने कुरा बुझ्न आवश्यक छ । परआत्माको अंश नै हाम्रो शरीरमा रहेको आत्मा हो । आजका मानिसहरुको सोचाई, हेराई र बोलाईका कारण आत्मामा यति धेरै फोहोरमैलो थुप्रीएको छ जसले गर्दा हामीले शुद्धिकरण भोग्नु परेको छ । शुद्धिकरणबाट पार पाउनकोलागि प्रत्येक मानिसले आफ्नो आत्मालाई शुद्ध राख्नु पर्दछ । बुद्धले भन्नु भएको छ मन बचन र कर्म शुद्ध राख्नुहोस् र लोभलालचमा नफस्नुहोस् । किन कि बुद्ध पनि त्यतिकै आफ्नो विशाल सुन्दर दरवार छाडेर शान्ति मात्र होइन ज्ञान प्राप्त गर्न गएका होइनन् होला ।

कोरोना भाइरसको अगाडि हातहतियार र प्रमाणु बमले पनि छुन सकेन

आज आवश्यकता भन्दा बढी लोभलालचका कारण मानिसहरु भौतिकवादमा लिप्त भएका छन् जसले गर्दा म को हुँ र म यो धर्तिमा किन जन्मेको छु या जन्मेकी छु भन्ने कुरा हामीले बिर्सि सकेका छौं । जसले गर्दा हामी मानवकै कमिकजोरीका कारण आज अदृश्य रुपमा आएको कोरोना भाइरसबाट डराउनुपर्ने अवस्था सृजना भयो । हामी विश्वका देशहरुसंग ठूला ठूला हातहतियार र प्रमाणु बमहरु संचीत गरेर राखेका छौं । विभिन्न प्रकारका औषधीहरु बनाएर राखेका छौं तर आज एउटा अदृश्य रुपबाट आएको कोरोना भाइरसलाई निर्मूल पार्न हामी विश्वका मानिससंग त्यस्तो चमत्कारीक जादुको शक्ति छैन । जसले गर्दा आफ्नै अगाडि सयौ मृत्यू वरण गरेका मानवहरुको हृदयस्पर्धी लासहरु देख्दा जोकोहीको मन नहोला भन्न सकिन्न । भनिन्छ हामीले जे रोप्पछौं त्यही फल लाग्छ । हामीले जे कर्म गर्दछौं त्यही नै फलको रुपमा हामीले भोग्नु पर्छ । आज हामीले आफ्नैले गरेको कर्मले गर्दा सारा विश्वका मानिसहरुले कोरोना भाइरस जस्तो अदृश्य आत्मारुपी जिवाणु बाट डराई डराई जीवन बिताउनु परेको छ । र मृत्यूवरण गर्नु परेको छ । आज केही मानिसकै कमिकमजोरीले गर्दा संसारका सारा मानिसहरुले शुद्धिकरण भोग्नु परेको छ । धान खाने मुसा चोट पाउने भ्यागुता जस्तै भएका छौं हामी मानवजातीहरु ।

आत्मा नै परआत्माको अंश हो

हुन त हामीलाई आध्यात्मीक र भौतिक दुवैको आवश्यकता पर्दछ । किन कि शरीर भित्र आत्मा छ भने मात्र शरीरका अंगहरुले काम गर्ने हो । तर हामी आत्मालाई एक नम्मरमा नराखी भौतिकवादलाई मात्र आफ्नो पेवा बनाएको छौं । जसले गर्दा आज विश्वभरका मानिसहरु कडा शुद्धीकरणमा परेका छन् । जब हामी भौतिकवादले सबै कुरामा सम्पन्न हुंदा पनि आज तड्पी तड्पी बांच्नु किन परेको छ भन्ने कुरा अन्तरमनले सोच्न आवश्यक छ । जबसम्म विश्वका मानिसमा हामी सबै एउटै आमाका सन्तान हौं । हामी दाजुभाई दिदीबहिनी हौं भन्ने सोंचको विकास हुंदैन तबसम्म हामीले विभिन्न खालका डरलाग्दा घटनाहरुको शुद्धिकरणमा पर्नेछौं । त्यसको एक मात्र विकल्प भनेको हामीले आफ्नो मन,बचन र कर्मलाई पवित्र राख्नु पर्छ । आफ्नो सोचाई, हेराई र बोलाईलाई शुद्ध राख्नु पर्दछ । र जुनै काम गर्दा पनि आत्मालाई एक नम्मरमा राखेर भौतिक विकास गर्नुपर्दछ । किन कि आत्मा र शरीर एकअर्काका पुरक हुन् जसले हरेक काम गर्दा आत्मालाई एक नम्मरमा राखेर भौतिक विकास गर्न मानिसहरु लाग्नुपर्छ । किन आत्मा नै परआत्माको अंश हो भन्ने कुरा हामीले कदापि बिर्सिनु हुंदैन ।

कोरोना भाइरस पनि दैवीय शक्तिको एउटा आत्मा हो

कोरोना भाइरस पनि दैविय शक्तिको एउटा आत्मा हो । हरेक आत्माको आफ्नो कर्म हुन्छ र जस्तै मानिसले पनि आत्मारुपी कर्म गरिरहेको छ । र पृथ्वीमा आउने जस्तोसुकै जिवप्राणी जन्तुहरुले आफ्नो कर्म गर्नुपर्दछ । हामी कसैलाई सोच्ने फुर्सद छैन । मात्र सोचेका छौं त कसरी कोराना भाईरसबाट बच्ने र कहिले औषधि बन्छ या त कसरी यसलाई निर्मूल पार्ने तर एक पटक कोरोरा भाइरस के हो र यो भाइरस पृथ्वीमा किन उत्पन्न भयो र मानिसलाई नै किन आक्रमण गर्दैछ भन्ने बारेमा हामीले चिन्तनमनन गर्न सकेका छैनौ । जसले गर्दा हामीलाई चिन्ता छ कि अब कोरोना भाइरसले मरिन्छ भनेर । धर्तिमा जन्म लिएर आएपछि मर्नु त छ छ । तर हरेक आत्माको उद्देश्यलाई बुझ्न आवश्यक छ । केही मानिसका कमिकमजोरीले गर्दा नै भगवानले दैवीय शक्तिका कारण कोरोना भाइरस निर्माण गर्नु भएको हो । यो भाइरसलाई जुन उद्देश्य दिएर निर्माण गरिएको छ त्यसले आफ्नो काम गरेर छाड्छ । किन कि हरेक घटनाहरु आध्यात्मीक संसारमा घटेपछि भौतिक संसारमा देखिने हो । आज विश्वमा यो भाइरसले आफ्नो कर्म गरेर देखाई रहेको छ । यसरी भन्दा मानिसहरुलाई अचम्म लाग्न सक्छ र तर यो वास्तविकता हो । समय आएपछि केही आध्यात्मीक मानिसहरुले यसको बारेमा बुझ्न सक्ने क्षमताको वृद्धिविकास हुनेछ र भौतिकवादले पनि यसलाई स्वर्कान बाध्य हुनेछ । यसमा दुई मत छैन मात्र केही समय मानवजातीले धैर्यता र समंमता अपनाउन जरुरी देखिन्छ ।

कोरोनाबाट बच्न आफ्नो सोचाई, हेराई र बोलाईमा शुद्धता ल्याउनुपर्छ

अन्तमा अब कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ त भन्ने कुरा रहयो । हुन त विभिन्न डक्टरहरुले र यससंग सम्बन्धीत विज्ञहरुले सरसल्लाह दिइरहेका छन् । यसो गर्नुहोस् उसो गर्नुहोस भनेर । त्यो पनि एक खालको मानिसहरुलाई सहज तरिकाले बाँच्नकोलागि हौसला र प्रेरणा दिएको अनुभवी शब्दबाणी हो । केही त्यस्ता उटपटाङ्ग मानिसहरुले कसरी मानिसलाई झन तर्साउने र डराउन दिने भनेर यो अवस्थामा कोरोनाको नाममा डर त्रास फैलाई रहेका छन् । किनकि सबै मानिसको आत्माको शक्ति एउटै हुंदैन र उच्च हुंदैन र सबै मानिसले सबै कुरा सहन गर्नपनि सक्दैन जसले गर्दा यस्ता डरलाग्दा कुरा सुनेपछि मानिसहरु हृदयघात भएरपनि ज्यान जानसक्छ । आत्माको स्तर अनुसार नै मानिसले धर्तिमा कर्म गर्ने हो । अब कोरोना भाइरसबाट बच्ने उपाय भनेकै दैवीय शक्ति हो । किन कि भगवान भन्दा ठूलो कोही छैनन र हुने पनि छैन । यो घडीमा विश्वभरका मानिसहरुले आफ्नो सोचाई, हेराई र बोलाईलाई मन, बचन र कर्मबाट शुद्ध राखेर हृदयदेखि भगवानलाई सम्झेर काम गर्नुपर्दछ । किन कि आत्मा नै परआत्माको अंश हामी मानवजाति र जीवप्राणी हौ । मानवको साहारामा नै भगवानले यो धर्तिलाई आर्दशमय संसार बनाउन खोज्नु भएको छ । जसले गर्दा पृथ्वीको सफाई हुने कार्य जारी छ । त्यो सफाईमा तपाई हामी जो पनि पर्न सक्छौं ।

त्यसकोलागि हामी सबै मानिसले आफ्नो आत्मालाई शुद्ध राख्न सक्नुपर्छ । यदि हामीले आफ्नो आत्मालाई उच्चस्तरको बनाउन सक्यौ भने हामीलाई कुनै पनि यस्ता भाइरसहरुले आक्रमण गर्न सक्दैन । यसरी यो लेखिकाले कलम चलाउदै गर्दा यो विपत्तिमा मृत्यूवरण गरेका मानव आत्माहरुलाई कमजोर आत्मा भन्न खोजेको होइन न त उनीहरु माथि खोट लगाउन नै खोजिएको हो । या त कोरोना भाइरस उत्पन्न भएको देशहरुलाई कमजोर भन्न खोजिएको होइन मात्र मानवको जीवनमा जस्तो सुकै शुद्धिकरण आए पनि शुद्धिकरण सहनगर्न सक्ने व्यक्ति बन्न सक्नु पर्छ भन्न मात्र खोजिएको हो । हामी यसरी आफ्नो आत्मालाई उच्च राख्नु पर्छ ताकि जस्तोसुकै परिस्थितिमा पनि भगवानको आर्शिरवाद हाम्रो हृदयमा पुग्न सकोस् । र हामी जस्तो सुकै घटनाहरु आई परेपनि ती घटनाहरुबाट पार गरेर यो धर्तिमा आफूले पाएको आयुसम्म निर्धक्क साथ सुखी खुशी भएर बाँच्न सकौं र सारा पृथ्वीका मानिसहरुलाई पनि सुखी खुशी भएर बाँच्न सक्ने बातावरण सिर्जना गरौं त्यौ नै मानवीय धर्म हो । मानवीय धर्म भन्दा ठूलो कुरा केही छैन । यो घडीमा न त नातावादले काम गर्छ न त जातीवादले न त विचारवादले । काम गर्छ छ केवल मानवतावादको शुद्ध आत्माले मात्र । दैवीय विपत्तिमा परि अकालमा ज्यान गुमाउने जति पनि मानवरुपीआत्माहरु छन् उहीको आत्मा स्वर्गमा बास हुन् र यो डरलाग्दो दैवीय विपत्तिबाट भगवानले सारा पृथ्वीमा बसोबास गर्ने मानवप्राणी र जिवप्राणीलाई चाडो भन्दा चाडो रक्षा गरुन यही छ प्रार्थना । साथै सबै विश्वभरका मानिसमा नयां जोश जांगर र उमंग सहित खुशी सुखी भएर बांच्न सक्ने वातावरण सिर्जना होस् । यो दैवीय घटनाबाट विश्वभरका मानिसले पाठ सिक्दै भगवानले चाहानु भएको जस्तो आर्दशमय, कलात्मक र पवित्र भूमि पृथ्वी बनाउन सबै मानिसहरु आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्छ ।

NICE समाचारबाट साभार