भोलीदेखी एक हप्ताका लागि सबै सिमा नाका बन्द

सरकारले भारत र चीनसँग जोडिएका सबै सीमानाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको  मन्त्रिपरिषद् बैठकले भोलि बिहान १० बजेदेखि एक हप्तासम्मका लागि सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्रीपरिषद बैठकले कोरोना विरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गर्ने निर्णय गरेको छ । उक्त कोषमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राख्ने निर्णय समेत भएको छ ।