नगर बसको भाडा २१ गतेसम्म मिनाह

नेपालगन्ज उपमहानगरपालिकाले संचालन गरेको नगर बसको भाडा चैत्र २१ गतेसम्म मिनाहा हुने भएको छ । आईतबार बसेको नेपालगन्ज उपमहानगरपालिकाको आकस्मीक बोर्ड बैठकले नगर बसका साथै नगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण सटरहरुको भाडा मिनाहा गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

साथै उपमहानगरपालिकाका वडाबाट हुने सिफारिसको कार्य बन्द गर्ने, स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल खरिद गर्ने, सम्पूर्ण वडाहरुले थ्रि लेयरको मास्क निर्माण गर्ने, विपन्न समुदायकालागी साबुन वितरण गर्ने, नगर क्षेत्रभित्रका ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घाँस हटाउने, कोरोना भाईरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने, सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने, नगर बस, महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने, खुल्ला मासु बिक्रि वितरण बन्द गर्ने, खुल्ला तथा फुटपाथमा चाट तथा अन्य विक्रि वितरण बन्द गर्ने, सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्ने, कोरोना भाईरस (कोभिडं १९) पुर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी लगायतमा हार्दिक अनुरोध गर्ने लगाएत निर्णय गरेको छ ।